You are viewing the translated version of छुट्टै कोष खडा गर्नु पर्ने.

Rule 13
छुट्टै कोष खडा गर्नु पर्ने
(१) हेजिङ्ग गर्ने संस्थाले यस नियमावली बमोजिम हेजिङ्ग सम्बन्धी कार्यका लागि छुट्टै कोष खडा गर्नु पर्नेछ।
(२) हेजिङ्ग गर्ने संस्थाले यस नियमावली बमोजिम हेजिङ्ग सेवा सञ्चालन गर्दा प्राप्त हुने सबै प्रकारको रकम, आम्दानी उपनियम (१) बमोजिमको कोषमा जम्मा गर्नु पर्नेछ र हेजिङ्ग वापतको सबै प्रकारको भुक्तानी सोही कोषबाट गर्नु पर्नेछ।
(३) हेजिङ्ग गर्ने संस्थाले मन्त्रालयको पूर्व स्वीकृतिमा बैड्टिङ्ग वा गैरबैङ्िङ्ग संस्थासँग सम्झौता गरी हेजिङ्ग सम्बन्धी कार्य गर्नको लागि क्रृण स्वीकार गर्न, सहलगानी गर्न वा सहकार्य गर्न सक्नेछ।
(४) हेजिङ्ग गर्ने संस्थाले हेजिङ्ग सम्बन्धी कारोबारको लेखा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम आफ्नो अन्य कारोबार भन्दा भिन्दै राख्नु पर्नेछ।